काठमाडौँ महानगरपालिका कडाइ, नियम पालना नगरे कारबाही
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । कामपाको आग्रहलाई बेवास्ता गरी सङ्क्रमण बढाउन सहयोग गरे थप कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

पछिल्ला केही दिनयता कोरोनाका नयाँ सङ्क्रतिको सङ्ख्या उकालो लागेको भन्दै कामपाले सार्वजनिकस्थलमा कडाइ गर्न थालेको हो । कामपा आफैँमा धेरै जनघनत्व भएको स्थान हो, जहाँ मानिसको जनङ्ख्या बढी छ ।
उक्त स्थानमा सङ्क्रमणदर पनि बढ्ने भएकाले घर बाहिर निस्कँदा मास्क लगाउने, सावधानी अपनाउनका लागि ३२ वटै वडाका विभिन्न स्थानमा माइकिङ गर्नेजस्ता काम सुरु गर्न थालेको छ ।
मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर लगाउन, सामाजिक तथा भौतिक दूरी कायम राख्न, भीडभाड नगर्न पनि आह्वान गरिएको छ । कामपा सहरी स्वास्थ्य विभागका हेल्थ असिस्टेन्ट ऋषि भुसालले आग्रहलाई बेवास्ता गरी सङ्क्रमण बढाउन सहयोग गरे थप कारबाही गर्ने कामपा जानकारी दिनुभयो ।
“एकातिर सङ्क्रमण कम गर्न जनचेतनामूलक कार्यक्रम गरिएको छ भने अर्कातिर खोप लगाउने कार्यक्रम ३२ वटै वडाबाट भइरहेको छ”, उहाँले भन्नुभयो, “कोरोना नियन्त्रणका लागि राजनीतिक दलले पनि भौतिकरूपमा हुने गतिविधि कम गर्नुपर्छ भने नागरिकले आफ्नो जनजीवनमा पनि केही परिमार्जन गर्नुपर्छ, अन्यथा नियन्त्रण गर्न कठिन छ ।”
अहिले कामपामा दैनिक १०० जना बढीले कारोनाको परीक्षण गर्ने गरेका छन् । केही दिनयता परीक्षण गर्नेको सङ्ख्या बढेको हो । एक हप्ता पछि दैनिक २० देखि २५ जना परीक्षणका लागि आउने गरेका थिए ।
आगामी दिनमा सङ्क्रमणदर बढे कामपाले कारोनाको पहिलो र दोस्रो चरणमा प्रयोग गरिएको आइसोलेशन सेन्टर प्रयोगमा ल्याएर बिरामीलाई सहजीकरण गर्ने पनि जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्