जन सरोकारस्वास्थ्य

आज थपिए तीन हजार पाँचसय ५३ जना संक्रमित

कोरोना संक्रमण उकालो लाग्ने क्रममा आज पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण भएको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४९८ पीसीआर परीक्षणमा २ हजार ९२२ जना संक्रमित भएका छन् भने ४ हजार ५८३ एन्टिजेन परीक्षण हुँदा ६३१ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ८ लाख ४१ हजार २९७ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा ९९ हजार २२५ जनामा संक्रमण देखिएको छ ।

२४ घण्टाको अवधिमा २७१ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ । २४ घण्टामा खोप लगाउनेको संख्या ३ लाख ५६ हजार ४ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button