विश्व समाचार

बंगलादेशमा बढ्दै हिन्दूविरुद्धको हिंसा, २३ दिनमा सात जनाको हत्या

दक्षिणी बंगलादेशको चटगाउँ डिभिजनको फेनी जिल्लाको दागनभुइयानमा अज्ञात आक्रमणकारीहरूले २८ वर्षीय हिन्दू पुरुष समीर कुमार दासको हत्या गरेका छन् । आइतबार राति उनलाई कुटपिट गरि छुरा प्रहर गरि हत्या गरिएको हो ।

बंगलादेशमा २३ दिनमा यो सातौं हिन्दूको हत्या हो । यसअघि, जनवरी ५ मा, बंगलादेशको नरसिंदी जिल्लामा शरत चक्रवर्ती मणि नाम गरेका ४० वर्षीय एक हिन्दू पसलेको हत्या गरिएको थियो ।

मिडिया रिपोर्टका अनुसार, समीर आइतबार साँझ ७ बजेतिर आफ्नो अटोरिक्सामा घरबाट निस्केका थिए । तर उनी राति अबेरसम्म घर नफर्केपछि उनको परिवारले उनलाई खोज्न थाले । खोजि गर्ने क्रममा स्थानीयहरूले बिहान २ बजेतिर जगतपुर गाउँको खेतमा उनको शव फेला पारेका थिए ।

दगनभुइयान प्रहरी चौकीका एक प्रहरी अधिकारीका समीरको हत्यामा घरेलु हतियार प्रयोग गरिएको र प्रारम्भिक अनुसन्धानले हत्या पूर्वनियोजित भएको देखाएको जानकारी दिए । घटनाको विषयमा अनुसन्धान जारी रहेको र हाल सम्म कोहि पनि पक्राउ नपरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.