छ बुँदे घोषणापत्र जारी गर्दै अनेसास तेस्रो च्याप्टर सम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको तेश्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन छ बुँदे टोकियो घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । शनिबार सुरु भएको सम्मेलन जापानका लागि राजदूत प्रतिभा राणाले उदघाटन गर्नुभएको थियो ।
अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको सम्मेलनमा ९ राष्ट्रका १३ च्याप्टरको सहभागिता रहेको थियो । उदघाटन सत्रमा कार्यक्रम संयोजक तथा अनेसास जापानका निबर्तमान अध्यक्ष दीप पाठकको स्वागत मन्तब्य रहेको थियो भने सम्मेलनको उद्देश्य एवं औचित्यका बारेमा अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ’माइला’ ले प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा गायक तथा सर्जक रामकृष्णबम मल्लले ’मुटुभित्र नेपाल छ कि नेपालभित्र मुटु’ बोलको राष्ट्रिय गीत गाएर राष्ट्रिय भावना जागृत गराउनुभएको थियो ।
त्यसै गरी एनआररएन आइसीसीका निवर्तमान अध्यक्ष भवन भट्ट, अनेसास जापानका पूर्व अध्यक्ष बेलुकाजी थापा, पूर्व केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत, पूर्व केन्द्रिय अध्यक्ष तथा ट्रष्टी मोहन सिटौला, एनआरएन जापानका अध्यक्ष देबिलाल भण्डारी, एनआरएन आइसीसी कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, त्रिवित्रि उपप्राध्यापक महेश पौड्याल, निवर्तमान केन्द्रिय अध्यक्ष तथा ट्रष्टी पदम बिश्वकर्मा, जापानी नागरिक हारुहितो नोजु, एनआरएन एशिया युवा संयोजक दीपक कँडेल लगायतका थिए ।
सम्मेलनमा स्व. वेदप्रसाद पौडेल अनेसास उत्कृष्ट नेतृत्व पुरस्कार २०२० बाट अनेसास जापानका पूर्व अध्यक्ष दीप पाठकलाई सम्मानित गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्