कर्पोरेट/पर्यटन
छैमले र जितपुरफेदीमा रहेको एनसेलका टावरमा आगजनी
राज्यलाई कर तिनेरेको भन्दै बिरोध भैरहेको एनसेलको राजधानी काठमाडौंमा रहेका दुईवटा टावरमा आगजनी भएको छ । आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।
सोमबार राति काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा आगजनी भएको हो । आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । यद्यपि यसमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको अनुमान छ ।
राज्यलाई कर नतिरेको भन्दै विप्लव समूहले एनसेललाई निशाना बनाउँदै आएको छ । गत वर्ष फागुनमा विप्लव समूहले भैंसेपाटीस्थित एनसेल मुख्यालयमा बम विष्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो । त्यसपछि पनि एनसेल लक्षित आक्रमण हुँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्