जन सरोकार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पर्सा,पोखरीया नगरपालिका-१० शिवबर्वा बस्ने ४५ वर्षीय पन्नालाल साहको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

सखुवा प्रसौनी गाउँपालिका-५ पटनिस्थित बाटोमा ना.१० प १५१८ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई पुलको पोलमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि पोखरीया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकलमा पन्नालालसहित ३ जना सवार रहेको र अन्य २ जना फरार रहेको बुझिएको छ । हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.