छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पर्सा, धोबनी गाउँपालिका-२ भिखमपुरस्थित सडकमा बीआर २२ एएम १२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक भारत पश्चिम चमपारण बिहार बस्ने ३५ वर्षीय इमाम हुसेनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै रौतहट, गौर नगरपालिका-२ महादेवपट्टीस्थित सडकमा बीआर ०५ एम ४१४५ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने ७९ वर्षीया रामदुलारी देवीको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बर्दिया, मधुवन नगरपालिका-४ बसन्तास्थित सडकमा भे.१ ज १३४६ नम्बरको म्याजिक गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ बस्ने ४० वर्षीय राम बहादुर थारूको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्