राशिफल

आजको राशिफल– २०७६ माघ १ गते बुधबार

mesh

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ तापनि अध्ययनमा सामान्य प्रगति हुनेछ. सेवामूलक कामबाट फाइदा हुनेछ। शुभचिन्तकहरूले साथ दिए पनि लगनशील बन्न नसक्दा लक्ष्यमा पुग्न मुस्किल पर्नेछ।
घरायसी सुखसयलले काममा पछि पार्न सक्छ। काममा आलस्य जागे पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा देश-विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।
 
brish

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
केही असहज परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक कामको योजना प्रारम्भ गर्न सकिनेछ। उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला।
mithun

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। परिश्रमद्वारा राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू भने सक्रिय रहनेछन्। उपलब्धि जोगाउन गोपनीयतामा सावधान रहनुहोला।

karkat

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
अरूको भरपर्दा आफ्नो काम प्रभावकारी नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। वादविवादले आत्मसम्मानमा बाधा पुर्याउन सक्छ, बोली-व्यवहारमा सजग रहनुहोला। मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन्। अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न भने समय लाग्नेछ।

simha

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। अध्ययनबिना गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर शुभचिन्तकहरूले अप्ठ्यारो पर्दा साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। स्वास्थ्य कमजोर हुने समय रहेकाले खानपानमा सजग रहनुहोला।

kanya

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
खर्चिलो कामका लागि सरसापट लिनुपर्ने आवश्यकता पर्न सक्छ। पछिका लागि लगानी गर्ने अवसर भने प्राप्त हुनेछ। अरूको करकापमा गरिएको कामले पनि फाइदै हुनेछ। अध्ययनका सन्दर्भमा भ्रमण हुन सक्छ। केही पाउन अर्को वस्तु त्याग्नुपर्ला। आफन्तबाट पनि टाढिनुपर्ने स्थिति आउन सक्छ। खर्च लागे पनि प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

tula

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ। मको उचित मूल्यांकन हुनेछ भने पछि उठ्नुपर्ने रकम पनि तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। परिश्रमद्वारा राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।

brischik

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। आजको सानो प्रयत्नले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

dhanu

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
पुराना कामको चर्चा हुनेछ भने नयाँ काममा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

makar

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि पछिलाई फाइदा हुनेछ। आत्मविश्वास, मिहिनेत र लगनशीलताले समस्या समाधान गर्न सकिनेछ। सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ उठाउन सकिनेछ। धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ।

kumbha

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले उत्साह जगाउनेछन्। प्रयत्न गर्दा आम्दानी बढाउने काम प्रारम्भ हुनेछ।

min

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
काममा केही चुनौतीहरू देखिनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। सोखले खर्च बढाउन सक्छ। तर प्रतिस्पर्धामा उत्रनुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ।

(नेपाली पात्रो)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.