सूचना/प्रविधि

सशस्त्र प्रहरी प्राविधिक तालिम अधिकृतहरु राष्ट्रिय आविष्कार केन्द्रमा

राष्ट्रले कुनै चासो नदिए पनि आफ्नो दृढ इच्छाशक्ति र लगनका साथ मुलुकलाई चाहिने प्राविधिक जनशक्ति र प्रविधिको विकासमा लागिरहनुभएका सूचनाप्रविधि विज्ञ महावीर पुनले स्थापना गर्नुभएको राष्ट्रिय आविष्कार केन्द्रप्रति देशभित्रका विभिन्न निकायको चासो बढ्दै गएको छ ।  विदेशमा आविष्कार केन्द्रको चर्चा चुलिइरहेका बेला मुलुकका सुरक्षा निकायको चासो त्यतातर्फ बढेको छ ।

यसै क्रममा सशस्त्र प्रहरी बल प्राविधिक तालिम केन्द्र बलम्बुका तालिम अधिकृतहरुले केन्द्रमा पुगेर त्यहाँ भैरहेका कामको जानकारी लिएका छन् । प्रायःजसो विदेशीहरुले बढी चासो लिने केन्द्रमा पछिल्लो समय स्वदेशीहरुको चासो बढिरहेको छ । देश विदेशमा रहेका नेपालीहरुले केन्द्रलाई सबल र पूर्ण क्षमताको बनाउन दैनिक आर्थिक सहयोग गरिरहेका बेला सशस्त्र प्रहरी बलको सो तालिम केन्द्रबाट पनि आर्थिक सहायता भएको छ ।

केन्द्रका प्रमुख महावीर पुनले सामाजिक सञ्जालबाट दिएको जानकारी अनुसार सशस्त्र प्रहरी प्राविधिक तालिम केन्द्र बलम्बुका तालिम अधिकृतको नेतृत्वमा ५० जना प्रहरी आएर कामको जाानकारी लिनुका साथै पाँच हजार पाँच सय १५ रुपैयाँ दान पनि गरेका छन् ।

यसै गरी कोरियन इन्टरनेशनल कोअपरेशन एजेन्सी (कोइका)का तर्फबाट ५ जना विशेषज्ञहरुको टोलीले केन्द्रका कामका बारेमाा जानकारी लिई भविष्यमा हुनसक्ने सहकार्यकाबारेमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.