जन सरोकार

रकम असुल्न अरुलाई खनेको खाल्डोमा आफैं परे दुई युवती

झुठा मुद्दामा फसाएर आर्थिक लाभ लिन खोज्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।  जग्गासम्बन्धी मुद्दामा विपक्षी ५ जनालाई झुठो मुद्दामा फसाए बापत ६ लाख रुपैयाँ नगद र जागिर समेत दिने भन्ने अर्को पक्षको प्रलोभनमा परेर युवतीले बलात्कारको झुटो मुद्दा लगाएको खुलेको छ ।

आर्थिक लाभका लागि झुठ्ठा व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने र बलत्कृत भएको बताउनलेलाई आफ्नो नियन्त्रणमा लिएर जबरजस्ती करणीसम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।

घटना विवरण अनुसार आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भन्दै ओखलढुंगाकी एक १७ वर्षीया युवतीले ओखलढुंगाबाट काठमाडौं जादै गर्दा खुर्कोटमा गाडी बिग्रिएको र बाटोमा बसिरहेको बेला ५ जना व्यक्तिहरुले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुरमा ल्याएर बलात्कार गरेको भन्दै २८ पुसमा ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा उजुरी दिएकी थिइन ।

चन्द्रनिगाहपुरको दुई तल्ले एक घरमा आफूलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले आरोपितहरुको खोजी सुरु गर्दा अर्कै तथ्य फेला पर्यो । अनुसन्धानका क्रममा युवतीले आरोपितहरुको नाम लिनुका साथै सामाजिक सञ्जालबाट लिइएको तस्वीर पहिचान गरेपछि आरोपितहरुको मोबाइल लोकेसन हेर्दा घटना भएको भनिएको दिन उनीहरुले सिन्धुली, खुर्कोट र चन्द्रनिगाहपुर गएको देखिएन ।

प्रहरीलाई युवतीमाथि नै शंका लागेपछि बन्धक बनाएको ठाउँ देखाउन भन्यो, तर उनले सकिनन् । ‘बलात्कृत भएकी भनिएका युवतीको कुरा शंकास्पद लागेपछि सोधपुछ गर्दा ६ लाख रकम पाउने लोभमा अरुलाई फसाउन खोजिएको प्रहरीसामु बताइन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले गजेन्द्र भन्ने राम विश्वास साह कानू लगायतले उनीमार्फत रामनिवास साहसहित ५ जनालाई झुठो मुद्दामा फसाए बापत ६ लाख रुपैयाँ नगद र जागिर समेत दिने भन्ने प्रलोभनमा युवतीले बलात्कारको झुटो मुद्दा लगाएको खुलेको डीएसपी श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button