राजनीति

समस्या समाधानमा भारत सकारात्मक, कोरोना खोपमा नेपाललाई उच्च प्राथमिकता

नेपाल र भारतको संयुक्त आयोगको बैठकमा दुई मुलुकबीचका परम्परागत समस्या समाधानका लागि भारत सकारात्मक रहनुका साथै भारतले नेपाललाई कोरोना खोप उपलब्ध गराउने मुलुकहरुमध्ये प्राथमिकतामा राखेको बताइएको छ ।

भारतो दुई दिने भ्रमणा सम्पन्न गरी स्वदेशा फर्कनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुमाझ कोभिड १९ को भ्याक्सिनबारे छलफल भएको जानाकारी दिंदै कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताउनुभएको हो ।

मन्त्री ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देशको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान गर्ने बताउँदै कोभिडका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने, हुलाकी सडकको निर्माण भएका खण्डहरु हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी काम छिटो सक्ने सहमति भएको जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकमा रक्सौल-काठमाडौं रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकाले शिघ्र काम शुरु गर्ने सहमति गरेको छ । महाकालीमा निर्माणाधिन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा भूकम्पपछिको पुनर्निमाणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रुप दिने विषयका साथै नेपाल भारत बिचको पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौताहरु पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय भएको छ ।

त्यसै गरी कृषिमा थप सहकार्य गर्ने तथा जि टु जि प्रक्रियामा मल खरिद गर्ने एमओयूलाई गति दिने सहमति भएको छ भने नेपाली पक्षले नेपालको निर्यात बढाउने ठोस उपाय अबलम्बन गर्न भारत सरकारलाई अनुरोध गरेको छ ।

सम्बन्धित खबर

Back to top button