राजनीति

दुई हप्तापछि सर्यो संसद बैठक

संघीय संसद्, प्रतिनिधिसभाको दशौं अधिवेशन अन्तर्गत भोलि सोमबारलाई बोलाइएको बैठक स्थगित भएको छ । सोमबारका लागि बोलाइएको बैठक कोरोना संक्रमणका कारण बस्न नसक्ने भन्दै सूचना टाँसेर स्थगित गरिएको हो ।

संसद भवन

प्रतिनिधिसभा बैठक यसअघि पनि पटकपटक स्थगित हुँदैआएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी राखेको अवरोधका कारण पछिल्लो समय संसद्ले काम गर्न सकिरहेको छैन ।

संसद्का महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको जानकारी दिनुभएको हो ।

कोरोना संक्रमण बढ्दै गएका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ । माघ ३ गते सोमबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक कोभिड १९ को बढ्दो संक्रमणका कारण उक्त दिन र समयमा बस्न नसक्ने भएकोलेु स्थगित गरिएको सूचनामा उल्लेख छ ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक माघ १६ गते आइतबार दिनको १ बजेका लागि निर्धारण गरेको पनि सूचनामा उल्लेख छ ।

राष्ट्रिय सभाको बैठक पनि पटक(पटक सूचना टाँसेर स्थगित गरिँदै आएको छ । सोमबारका लागि आह्वान गरिएको राष्ट्रिय सभाको बैठक पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचना आइतबार मात्रै जारी गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.