जन सरोकारस्वास्थ्य

आज थपिए चार हजार नौसय ६१ जना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९ सय ६१ कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार १३१ परीक्षणमा देशभरमा ४ हजार ९ सय ६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको पीसीआरमा ५ हजार ५३४ र २ हजार ५६९ को एन्टिजेन परीक्षण गर्दा ४२७ लाई संक्रमण देखिएको हो । यो सँगै सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ ।

यस्तै २४ घण्टामा ४३५ संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५४ हजार ३१२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button