एन आर एन न्युजजापान

एनआरएनए जापानद्वारा सदस्यता आव्हान

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानले पंजीकृत र प्रारम्भिक सदस्यता आव्हान गरेको छ । सन् २०२३-२०२५ का लागि यही जनवरी १६ बाट मे ५ सम्म आवेदन दिन सक्ने गरी सदस्यता आह्वान खुल्ला गरिएको हो ।

एनआरएनए प्रवक्ता सुवास लामिछानेका अनुसार दुई किसिमको सदस्यतामध्ये पजीकृत सदस्यका लागि गैरआवासीय नेपाली संघ जापानले तोकेको शुल्क बुझाएर सदस्य बन्न सकिनेछ र यस्ता सदस्यलाई मताधिकार पनि रहने छ।

त्यसै गरी प्रारम्भिक सदस्यता आवेदन निःशुल्क गर्न सकिने छ । यो सदस्यता नेपालबाट जापानमा अध्ययनका लागि आएका बिद्यार्थीहरूलाई प्रदान गरिने छ । यस्ता सदस्यहरूले उमेदवारी र मताधिकार बाहेकका सेवा सुबिधा पाउने छन् ।

सदस्यताका लागि जापाानमा भिषा अवधि रहेको जाईरियो कार्डको फोटो, एनआरएए जापानको खाता नं 10930-13431561 मा आवेदकको नाम उल्लेख गरी एक हजार येन जम्मा गरेको स्लिपको फोटो पठाउनुपर्नेछ ।

त्यसै गरी नेपाली मुलका जापानिज नागरिकहरूले जाईरियो कार्डको ठाउँमा पासपोर्टको फ़ोटो भएको पेज अपलोड गर्नुपर्ने छ । सदस्यता प्राप्तिका लागि एनआरएनए को स्मार्टएप्सलाई डाउनलोड गरी सदस्यताको लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.