राजनीति

भारतीय प्रधानमन्त्रीबाट सामान्य शिस्टाचारको समेत पालना भएन : डा. लोहनी

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भारतको औपचारिक निमन्त्रणामा त्यहाँको भ्रमण गर्नुभयो, संयुक्त आयोगको बैठकमा भाग लिनुभयो, समकक्षीसंग भेटवार्ता गर्नुभयो र स्वदेश फर्कनुभयो । तर नयाँ दिल्लीमा रहँदा उहाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटन पाउनुभएन ।

नेपालमा भारतका सचिव आउँदा मन्त्री त के, प्रधानमन्त्री, राष्ट्रपतिसम्मलाई सहजै भेट गर्न पाउँछन् तर भारतका प्रधानमन्त्रीले आफ्नै देशको निमन्त्रणामा आएका छिमेकी देशका परराष्ट्र मन्त्रीलाई भेट नदिनु अशोभनीय भएको टिप्पणी गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट नदिनु अशोभनीय भएको यस्तो किन भयो दुबै देशले सोच्नुपर्ने बताउनुभएको छ ।

डा. लोहनीले ट्वीट गर्दै भन्नुभएको छ- “नेपाल जस्तो मित्र देशको परराष्ट्र मन्त्रीलाई औपचारिक निमन्त्रणमा बोलाएपछि भारतको प्रधानमन्त्रीले भेटसम्म नदिनु सामान्य शिस्टाचारको हिसाबले पनि अशोभनीय घटना हो । यस्तो किन भयो ? नेपाल र भारत दुवैले सोच्नु पर्यो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.