पछिल्लो २४ घण्टामा थप छ हजार सातसय ३४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको तुलनामा दुई हजारभन्दा बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार यसबीचमा ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । हाल देशभरमा ३० हजार ८ सय ७७ संक्रिय संक्रमित छन् ।
प्रतिक्रिया राख्नुहोस्