जन सरोकार

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट चार जना फेला परेका छन् । धनुषा, जनकपुर उपमहानगरपालिका-१ रेल्वे स्टेशनस्थित महोत्तरी भङ्गाहा स्टेशनबाट जयनगर स्टेशनतर्फ जाँदै गरेको डीपीसी १९०२ नम्बरको रेलको डव्वामा महोत्तरी लोहारपट्टी गाउँपालिका-४ खुट्टापिपराडी बस्ने ५० वर्षीय राम एकवाल पंडित मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै महोत्तरी, मटिहानी नगरपालिका-१ सानो धिरापुर ससुराली आएका भारत बिहार मधुवर्ती घर भएका ३० वर्षीय विजलाल सहनी सुसुराली घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-३ गिरुबारीस्थित मिलनटोल बस्ने ३७ वर्षीया हुमा परियार आफ्नै सुत्ने कोठमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

उता भोजपुर, साल्पासिलिछो गाउँपालिका-३ ककुवा खोलास्थित बगरको झाडीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीय महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.