अर्थसेयर बजार

नेप्से परिसूचक १२ दशमलव १० अङ्कको गिरावट

माघ महिनाको पहिलो दिन बढेको शेयर करोबार नेप्से परिसूचकमा उतारचढाव कायम रहेको छ । बुधबार १२ दशमलव १० अङ्कको गिरावट आएको छ ।

तीन सय कम्पनीको तीन करोड ३५ लाख २५ हजार सात सय दुई कित्ता शेयर दुई लाख १० हजार चार सय ७१ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ७६ करोड ८९ लाख ६९ हजार आठ सय ६८ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ समूह शून्य दशमलव ४०, विकाश बैंक शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव २८ र अन्य समूह एक दशमलव ९४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह तीन दशमलव ५१ र जलविद्युत समूह दुई दशमलव ८० प्रतिशतले घटेको छ ।

ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल वेयर हाउसिङ लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोपावर लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्कीट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ६५ करोड ८४ लाख ९० हजार दुई सय ८५ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनआईबिएल ग्रोथ फन्डको १५ लाख २७ हजार नौ सय ५० किता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.