स्याङ्जा समाज जापानको अधिवेशन मार्चमा हुने
जापानका विभिन्न शहरहरुमा बसोबास गर्ने स्याङ्जालीहरुको साझा संस्था “स्याङ्जा समाज जापान” को अधिवेशन अगामी मार्चको २८ तारिख आईतबार हुने भएको छ । यही जनवरी १७ मा समाजका संरक्षक, सल्लाहकार र कार्यसमिति सदस्यहरुको उपस्थितिमा भएको बैठकले समाजको जापान केन्द्रको पाँचौ अधिवेशन आगामी मार्च २८ तारिक आइतबार गर्ने निर्णय गरेको हो ।

बैठकले अधिवेशनका लागि समाजका अध्यक्ष सागरमणि भण्डारीको संयोजकत्वमा अधिवेशन मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरुको पनि गठन गरेको समाजका सचिव चित्र गुरुङले जानकारी दिनुभयो ।
बैठकले अधिवेशन मूल आयोजक समिति संयोजकमा सागरमणि भण्डारी, निर्वाचन मण्डल संयोजक भिम न्यौपाने, सहित सदस्यहरूमा पिताम्बर चापागाई र नरेश बहादुर जीसी, विधान संशोधन समिति संयोजक पिताम्बर चापागाइँ सदस्यहरुमा भिम न्यौपाने, नरेशबहादुर जीसी, तारा गौडेल, सुक केसी, वेद कार्की, चित्र गुरुङ रहनु भएको छ ।
यस्तै हल तथा अधिवेशन व्यवस्थापन समिति संयोजकस्(धुर्व ज्ञवाली, सदस्यहरूमा टोम गुरुङ र मनोज अधिकारीलाई चयन गरेको छ। यसैगरि प्रचार(प्रसार समिति संयोजकमा चित्र गुरुङ,सदस्यहरूमा दिपक न्यौपाने र अर्जुन हमाल रहनु भएको छ ।
अधिवेशनमा केन्द्रीय समितिको प्रत्यक्ष उपस्थिति रहने छ भने जापानमा कृयाशिल अन्य संघ, संस्था, आइसीसी, क्षेत्रीय समिति लगायत जापानवासी स्याङ्जालीहरुलाई भर्चुअल माध्यमबाट जोड्ने निर्णय गरेको छ ।
यसैगरी समाजले साधारण सदस्य र आजीवन सदस्यको नामावली दिने अन्तिम मिति आगामी फेब्रुअरी २८ तारिक तय गरेको छ । यस अवधिभित्र आजीवन बन्ने सदस्यले मात्र आगामी पाँचौ अधिवेशनमा उमेद्ववारी दिन पाउनेछन् भने साधारण र आजीवन दुबैले मतदान गर्न पाउने छन् ।
मार्च १ तारिकदेखि बनेका सदस्यहरुले अधिवेशनमा भाग लिन र मतदान गर्न पाउने छैनन् यद्यपि सदस्यता लिनबाट भने बन्चित हुने छैनन् । आसन्न अधिवेशन भव्य र सभ्य तवरले सम्पन्न गराउनको लागि सम्पूर्ण जापानवासी जिल्लाका दाजुभाई तथा दिदीवहिनिहरुमा समाजका अध्यक्ष सागरमणी भण्डारीले विनम्र अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्