राजनीति

मुक्तिनाथ अधिकारीलाई न्याय दिने सवालमा गगनको बचन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सशस्त्र द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका विषयमा सरकार र संसद्ले गर्ने सहयोगका विषयमा आफूले पहल गर्ने बताउनुभएको छ ।

सशस्त्र द्वन्द्वकालमा गम्भीर मानव अधिकार उल्लङ्घनका गरी बर्बरतापूर्वक हत्या गरिएका शिक्षक मुक्तिनाथ अधिकारीको अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इनटरनेसनलद्वारा संयुक्तरूपमा आयोजना गरेको ‘न्यायको प्रतीक्षामा २० वर्ष ः राज्य जवाफदेही कहिले बन्ने’ विषयक स्मृतिसभामा उहाँले सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा थापाले भन्नुभयो “सरकारबाट तत्काल के के गर्न सकिन्छ रु संसदबाट के के गर्न सकिन्छ भन्ने बारेमा म छिट्टै सरोकारवालासँग बसेर सल्लाह गर्नेछु”, उहाँले भन्नुभयो, “ पीडितलाई सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्नुपर्छ ।”

मानव अधिकारकर्मीहरु चरण प्रसाईं, कपिल श्रेष्ठलगायतले सङ्क्रमणकालीन न्याय दिन ढिलाइ भइरहेको र अब न्याय दिनमा ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । शिक्षक अधिकारीको विसं २०५८ माघ ३ गते रुखमा झुण्डयाएर बर्बतापूर्वक हत्या गरिएको थियो ।

सङ्क्रमणकालीन न्यायका लागि गठन गरिएका सत्यनिरुपण तथा मेलमिलाप अयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको भए पनि आयोगले अहिलेसम्म न्याय दिन नसकेको पीडितको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button