जन सरोकारस्वास्थ्य

एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण : अहिलेसम्मकै सबैभन्दा बढी

नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएयता एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । आज पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर गर्दा ८७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button