जापानमा एकैदिनमा सङ्क्रमित सङ्ख्या अहिलेसम्मकै उच्च
जापानमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या मङ्गलवार सवैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरूले मङ्गलवार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा जापानमा ३२ हजार १९७ जना नयाँ सङ्क्रमित भएका छन् ।

यसअघि अघिल्लो बर्षको अगस्टमा एकै दिनमा सबैभन्दा धेरै २५ हजार ९९२ जना सङ्क्रमित भएको सरकारी अधिकारीहरूले जनाएका छन् । मङ्गलबार सङ्क्रमित भएको पुष्टि भएका मध्ये टोकियोका मात्रै पाँच हजार १८५ जना रहेका छन् ।
“टोकियो महानगरभरीमा एकैदिनमा पाँच हजारभन्दा बढी सङ्क्रमित देखिएको पनि पहिलो पटक हो,” एक अधिकारीले भने । अघिल्लो मङ्लबार ९६२ जना मात्रै सङ्क्रमित भएकोमा एक हप्तामा पाँच गुणा बढेको अधिकारीहरूले जनाएका छन् ।
पछिल्लो एक हप्तामा महानगरमा मात्रै औसतमा तीन हजार ८५८.६ प्रतिशत सङ्क्रमित भएको देखिएको छ । नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएका व्यक्ति भएको पनि पाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्