जन सरोकार

पन्ध्र लाख नदिए ज्यानमार्ने धम्की दिने तीनजना पक्राउ

एक व्यापारीसंग फोन गरी १५ लाख रुपैयाँ फिरौती माग गर्दै रकम नदिए ज्यान मार्ने धम्की दिने तीनजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो ।

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार उनीहरुलाई आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.