क्रिकेटखेल

यु-१९ महिला विश्वकप : नेपालद्वारा बङ्गलादेश सामू ५३ रनको लक्ष्य

आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपालले जितका लागि बङ्गलादेश सामू ५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

यु-१९ महिला विश्वकप : नेपालद्वारा बङ्गलादेश सामू ५३ रनको लक्ष्य

मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन । त्यस्तै सिमाना केसीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक/एक विकेट लिए । बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.