अर्थसेयर बजार

नेप्से परिसूचक ३१ अङ्कले बढ्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १२ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।

आइतबार ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ दशमलव ५९ को कारोबार भएको नेप्सेले जनाएको छ । आइतबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूहको उपसूचक पाँच दशमलव ७३ प्रतिशतले बढेको छ ।

सागर डिस्टिलरी लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड र गुर्खाज फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ७८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.