कला/मनोरन्जनकलिउड

आफूले खनेको खाल्डोमा आफैं फसिन आस्था- अभद्र व्यवहारको मुद्दा दर्ता

आफूलाई प्रहरीले विमानस्थलमा अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरेकी गायिका आस्था राउतले नै प्रहरीलाई अभद्र व्यवहार गरेको प्रमाणित भएपछि उनीविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी दर्ता भएको छ ।

विमानस्थलमा कार्यरत प्रहरी जवान रमिसा श्रेष्ठले अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको हो ।

गायिका राउतमाथि कारबाही गर्न भनी प्रहरी जवान श्रेष्ठले दिएको जाहेरी दर्तासँगै प्रहरी राउतको खोजीमा जुटेको परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताउनुभयो ।

सुवेदीका अनुसार गायिका राउतको खोजीमा प्रहरी परिचालन भएको र अहिले फरार हुनुहुन्छ । प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनलाई नै जाहेरी मानेर प्रहरीले राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दा दर्ता गरेको हो । अभद्र व्यवहार कसुरको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्छन्। यसमा एक वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान श्रेष्ठमाथि दुर्व्यवहार गरेको प्रतिवेदनमाथि अनुसन्धान तथा कारबाही गर्न काठमाडौं परिसरलाई निर्देशन दिइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडिओ तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पठाएको थियो । उक्त प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छिन् ।

यस्तै, राउतले सो घटनालाई लिएर बाहिर ल्याएको भिडियो पनि प्रहरीले संकलन गरेको छ । सो भिडिओका आधारमा राउतलाई साइबर अपराधसम्मको कसुरमा अनुसन्धान गरिने महानगरीय प्रहरीले बताएको छ ।

बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह विमानस्थलमा पुगेकी थिइन् । सो क्रममा उनी आन्तरिक टर्मिनलको एक्सरेमा छिर्दा रातो बत्ती बलेपछि सुरक्षाकर्मीले ज्याकेट फुकाल्न लगाएका थिए । मेटल डिटेक्टिभ एक्सरेले रातो देखाएपछि सुरक्षाकर्मीले पुनः चेकजाँच गर्छन् । यसक्रममा राउत झोक्किएर ज्याकेट फुकाल्दै एक्सरे मेसिनमा हालेकी थिइन् ।

सो बेला उनले हातमा लिइरहेको कफीको कप प्रहरी कर्मचारीले सुरक्षित गरिदिएकी हुन्छिन् । चेकजाँच सकिएपछि उनले त्यो फिर्ता गरिदिएकी थिइन् । तर, राउतले कप ठेल्छिन् । केहीबेरमा कपबाट कफी पोखिएको थियो र राउतको ज्याकेट भिजेको थियो । यसक्रममा राउतले प्रहरी कर्मचारीलाई केहीबेर गाली गरेकी थिइन् ।

आस्थाले सुरक्षा जाँच गर्न खोज्दा किन गर्नुपर्यो म गायिका हो… भनेपछि…

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.