राजनीति

सभामुखमा अग्नि सापकोटा : नेकपा सचिवालय बैठकले अनुमोदन गर्ने

लामो समयदेखि रिक्त रहेको संघीय संसदको सभामुखमा अग्नि सापकोटालाई अघि सार्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको छ ।

आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको भेटवार्तामाा सो सहमति भएको र अपरान्ह चारबजे सचिवालय बैठकमार्फत सापकोटाको नाम अनुमोदन गर्ने तयारी भएको छ ।

नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले दिएको जानकारीअनुसार अध्यक्षद्धयबीचको छलफलले सभामुखमा सापकोटाको नाम अघि सार्ने सहमति भएको हो ।

सम्बन्धित खबर

Back to top button