जन सरोकार
पशुपतिनाथमा नित्य पूजा बाहेक अरु क्रियाकलाप बन्द
उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरुले माघ मसान्तसम्म जारी गरेको आदेश अनुसार आजदेखि पशुपतिनाथ मन्दिरमा परम्परागत नित्य पूजा बाहेक अरु बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रशासनको आदेश जारीसंगै कोषले आदेशको बुदाँ नंं ६ बमोजिम जारी मितिदेखि श्रीपशुपतिनाथ, श्रीगुह्वेश्वरी लगायत पशुपति क्षेत्रका सबै मठ, मन्दिरहरुमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलापहरु बन्द गरिएको जानकारी गराइएको हो ।
आदेशको बुँदा नंं ६ मा मन्दिर, मस्जिद गुम्वा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्वत् २०७८ माघ मसान्त सम्म नित्य पुजा, ध्यान र प्रार्थना मात्र गराउने उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्