१०० भन्दा बढी बिस्फोटक पदार्थ पत्ता लगाएर स्वर्णपदक पाएको बहादुर मुसा
संसारमा सबभन्दा चेतनशील र बाठो मानिस भनिए पनि मानिसको क्षमताभन्दा बाहिरका काम भने जनावरहरुले सम्पन्न गर्ने गरेका छन् ।यस्तै अभूतपूर्व बहादुरीपूर्ण काम गरेको एउटा मुसाले स्वर्णपदक दिइयो कम्बोडियामा ।

बेल्जियमबाट तालिम पाएको सो मुसाका हालै मृत्यु भएको छ । सो मुसाले तालिमपछिको पाँच वर्षमा कम्बोडियामा १०० भन्दा बढी जमिनमुनी बिछ्याइएको बिस्फोटक पदार्थ पत्ता लगाएको थियो ।
विस्फोटक पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसाको नाम मागावा राखिएका थियो र आठ वर्षको उमेरमा मृत्यु भएको छ ।
बेल्जियमको संस्था अपोपोले विस्फोटक पदार्थबारे मानिसलाई जानकारी दिने काममा तालिम दिएकोमध्ये त्यो सबैभन्दा सफल मुसा थियो । अपोपोले अफ्रिकन जायन्ट पाउच प्राजातिको सो मुसाको गत साता मृत्यु भएको जनाएको हो ।
मागावाको स्वास्थ्य अवस्था राम्रो रहेको र गत साता सामान्य रूपमा खेलेर बसेको बताइएको तर सप्ताहान्तमा कम सक्रिय भएको, धेरै सुतेको र खानेकुरामा अरुचि देखाएको अपोपोले जनाएको छ ।
बिबिसिका तान्जानियामा जन्मिएको मोगावालाई एक वर्षको तालिमपछि क्याम्बोडिया पठाइएको थियो । क्याम्बोडियामा ६० लाख ल्याण्डमाइन, जमिनमुनि राखिएका विस्फोटक पदार्थहरू रहेका मानिन्छ ।
विस्फोटक पदार्थको रसायन सुँघ्ने तालिम पाएको मागावाले २० वटा फुटबल मैदान जति वा १५,१७,७११ वर्ग फिट जमिनलाई सफा गर्न सघाएको थियो ।
मागावाले एउटा टेनिस मैदान जति जमिन २० मिनेटमा निरीक्षण गर्न सक्थ्यो जुन कार्य गर्न मानिसलाई धातु पत्ता लगाउने यन्त्रको सहायताले एकदेखि चार दिन लाग्ने अपोपोले बताएको छ।
सन् २०२० मा मागावालाई जीवन बचाउने कार्य गरेको भनेर पीडीएसए स्वर्ण पदक दिइएको थियो । अपोपोले ७७ वर्षको इतिहासमा मुसालाई यो पदक दिएको पहिलो पटक थियो।
प्रतिक्रिया राख्नुहोस्