ओमिक्रोनले कोरोना भाइरसको जोखिम अन्त्य गरेका ठान्नु भ्रम
लाई सामान्य कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्टलाई विश्वभर सामान्य र संक्रमित बनाए पनि कम असर गर्ने भनेर वेवास्ता गर्दा अहिले महामारीको रुप लिन थालेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुखले ओमिक्रोनलाई सामान्य ठान्नु भ्रम रहेको बताउनुभएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एडानोम गेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ ओमिक्रोनलाई सामान्य भेरियन्ट ठान्नु र ओमिक्रोनले कोरोना भाइरसबाट उत्पन्न जोखिम अन्त्य गरेको ठान्नु समेत गलत रहेको बताउनुभएको बिबिसिले जनाएको छ ।
ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दान गर्न नहुने गेब्रेयससको भनाइ थियो । उहाँले भन्नुभयो, ‘यो सामान्य रोग हो भन्ने कथ्य भ्रमपूर्ण छ । ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेका छन् भने मृत्यु पनि भएको छ र सामान्य संक्रमणबाटै स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड भएको छ ।’
गेब्रेयससले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरियन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने चेतावनीसमेत दिनुभएको छ ।
विश्व नेतालाई चेतावनी दिँदै उहाँले भन्नुभयो ‘संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँनयाँ भेरियन्ट देखिन सम्भावना रहेको छ र यही कारण निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक छ ।’
त्यस्तै, गेब्रेयससले पत्रकार सम्मेलनमा ओमिक्रोनका कारण गत हप्तामात्रै विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएको पनि बताउनुभयो । त्यस्तै कैयौं मुलुकमा खोप लगाउने मानिसको संख्या कम रहेको भन्दै खोप नलगाएका मानिसहरू गम्भीर संक्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको पनि उहाँको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्