विश्व समाचार

गाजामा थप सामग्री वितरणको संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसद्वारा स्वागत

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कतार र फ्रान्सको नेतृत्वमा गाजामा रहेका सर्वसाधारण र बन्धक बनाइएकाहरूलाई अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पुर्याउन गरिएको अभियानको स्वागत गर्नुभएको छ ।

बिहीबार गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भन्नुभयो, “गाजामा यी अत्यावश्यक सामग्री र मानवीय सहायताको प्रवेश उत्साहजनक छ, तर गाजा पट्टीमा अझै धेरै सहायता आउन आवश्यक छ ।”

दुजारिकका अनुसार संयुक्त राष्ट्रसङ्घका प्रमुखले अत्यावश्यक सामग्री र मानवीय सहायताका लागि कतार र फ्रान्सको प्रयासको पनि प्रशंसा गर्नुभएको छ ।

महासचिवले तत्काल मानवीय युद्धविरामका लागि आफ्नो अपिल र बन्धकहरूलाई तत्काल र बिनाशर्त रिहा गर्न र उनीहरूको मानवीय व्यवहारका लागि आफ्नो आह्वान पनि दोहो¥याउनु भएको छ ।

गुटेर्रेसले गाजामा पर्याप्त मानवीय सहायता आवश्यक पर्ने ठाउँमा पुर्याउन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै गाजा पट्टीमा आधारभूत वस्तु ल्याउन निजी क्षेत्रलाई पुनः सक्रिय बनाउन आग्रह गर्नुभएको छ ।

महासचिवले यस क्षेत्रमा बढ्दो तनावबारे चिन्ता व्यक्त गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको दुजारिकले बताउनुभयो ।

कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार गाजा पट्टीमा इजरायली बन्धक र सर्वसाधारणका लागि औषधि र अन्य मानवीय सहायता बुधबार उक्त क्षेत्रमा प्रवेश गरेको कतारले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.