राजनीति

उपसभामुखमा कांग्रेसको दावी- नेकपाले समर्थन नगरे सापकोटा बिरुद्ध उम्मेदवारी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई प्रस्ताव गरेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले उपसभामुख आफ्नो दललाई दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेको छ । यदि नेकपा, कांग्रेसलाई उपसभामुख छाड्न तयार नभए सभामुखमै सापकोटाविरुद्ध उम्मेदवारी दिने कांग्रेसको तयारी छ ।

सभामुख र उपसभामुख फरक फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सभामुखको निर्वाचन प्रक्रिया सुरु भएसँगै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि नेकपाले उपसभामुख दाबी गर्न पाउने छैन । यसमा प्रमुख विपक्षीको प्रस्ताव छ, नेकपाले सभामुख लिएर उपसभामुख कांग्रेसलाई छाडोस् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले संसदमा प्रष्ट बहुमत भएकाले सभामुख नेकपाले नै लिओस् र उपसभामुखमा प्रमुख प्रतिपक्षलाई समर्थन गरोस् । यसो भयो भने सदन सञ्चालन गर्न पनि सहज हुने बताउनुभएको छ ।

यसैबीच उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिने हुनुभएको छ । अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने निकट स्रोतले जनाएको छ । त्यसपछि बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नुहुनेछ ।

संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने संसद् सचिवालयका सन्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । सभामुख निर्वाचन प्रक्रिया आजकै बैठकबाट अघि बढ्नेछ ।

समाचार स्रोतका अनुसार तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी छ । अहिले शहरी विकास र कानून मन्त्रालयमा कामचलाउ मन्त्रीले सम्हालिरहेका छन् भने केही अरू मन्त्री पनि हेरफेर हुने सम्भावना छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.