अस्कलमा प्रधानमन्त्रीको पुतलादहन, प्रहरीद्वारा आठी प्रहार
नेपाल आयल निगमल आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् ।

कोरोना महामारीको जोखिम उच्च रुपमा बढिरहेका बेला काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । पुत्ला जलाउनु अघि विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता गर लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३(३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।
नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।
आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्