जन सरोकार

प्रवेश परीक्षालगत्तै माघ ९ देखि त्रिविका सबै परीक्षा स्थगित

यही माघ ९ गतेदेखि हुने त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित भएको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ७ र ८ गते हुने प्रवेश परीक्षा यथावत राखी माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार शुक्रबार र शनिबार (भोलि र पर्सी) हुने प्रवेश परीक्षा भने यथावत रहने छ । त्यसपछिका परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरिएको छ ।

त्रिविले शुक्रबार बीएस्सी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा हुनेछ । तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button