नेपालमा कोरोना संक्रमण दर उकालो लाग्ने क्रम जारी छ । आज बिहिबार पनि पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा बढी छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो ।
हरेक दिन नयाँ रेकर्ड बन्ने क्रममा आज पनि हिजोको रेकर्ड तोडिएर यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया राख्नुहोस्