जन सरोकार
उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना
उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ ।
यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्