राजनीति

एमाले सचिव राईद्वारा मनोनयन दर्ता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव शेरधन राईले मनोनयन दर्ता गराउनुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन सक्दैन् : नेता राई

मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा पहिलो पार्टीका रूपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी र दोस्रोमा श्रम संस्कृति पार्टीका धु्रव राईले मनोनयन दर्ता गराउनुभएको छ ।

भोजपुरमा नयाँ र पुराना गरी १३ राजनीतिक दलले मनोनयन दर्ता गर्ने आकलन गरिएको छ । भोजपुरमा कुल एक लाख २५ हजार ७६६ जना मतदाता कायम छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.