जन सरोकार

यात्रु बोकेको ट्रक दुर्घटना हुँदा छजनाको मृत्यु, दर्जनौं घाइते

धादिङमा यात्रु बोकेको मिनिट्रक दुुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने चालकसहित दर्जनौं गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु बसेको ट्रक दुर्घटना भएको हो ।

मंगलबार ढोलामण्डलीमा लागेको मेलाबाट फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दुर्घटना भएको हो । ट्रकमा करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । एक प्रत्यक्षदर्शीका अनुसार तीब्र गतिका कारण दुर्घटना भएको हो ।

घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइराखेको छ । ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो ।

सम्बन्धित खबर

Back to top button