राजनीति
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार बनेको ६ महिना पुगेको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । कांग्रेस सभापति देउवा पछिल्लो पटक गत असार २९ गते प्रधानमन्त्री बन्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । सम्बोधनको क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने उहाँको सचिवालयले जनाएको छ ।
मुलुकमा कोरोनाभाइरस संक्रमणको अवस्था महामारीको दिशातिर उन्मूख भैरहेको छ । देशको अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको छ । यस्तोमा सरकारको चर्को आलोचना भैरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्