स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस बिरुद्धको खोपको बुस्टर मात्रा पूर्ण खोपको मात्रामा जुन लगाएको हो त्यही लगाउन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पहिला लगाएभन्दा फरक खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस गरिएको बताउनुभएको छ ।
डा. अधिकारीका अनुसार बुस्टर मात्रामा पहिला जुन खोप लगाएका छौँ, त्यही लगाउन सिफारिस गरिएको र एउटा खोप लगाएकोमा अर्को मिसाउने सिफारिस गरिएको छैन ।
त्यसो त डा. अधिकारीले कोभिशिल्ड र अस्ट्रजेनेको ठाउँमा जुन लगाए पनि फरक नपर्ने बताउनुभएको छ । उहाँले यी दुब खोपको बनावट एउटै भएकाले अस्ट्राजेनेकाको ठाउँमा कोभिशिल्ड, कोभिशिल्डको ठाउँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन ।
तर कोभिशिल्ड वा अस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस गरेको छैन । उहाँ भन्नुहुन्छ ‘भ्याक्सिनले गर्ने प्रतिक्रिया फरक हुनसक्छ । त्यसले शरीरभित्र अरु प्रतिक्रिया जनाउन सक्छ । त्यसैले सबै जनालाई जे खोप पहिला लगाएका छौँ, त्यही खोप नै अतिरिक्त मात्राका रुपमा लगाउन अनुरोध गर्दछु ।’
प्रतिक्रिया राख्नुहोस्