जन सरोकारस्वास्थ्य

आज पनि कूल संक्रमितमध्ये उपत्यकामा आधाभन्दा बढी

कोरोना भाइरसको तेस्रो लहरबाट अत्यधिक प्रभावित काठमाडौं उपत्यकामा आज पनि अघिल्ला दिनहरुमा जस्तै देशभरको कूल संक्रमण पुष्टि भएकामध्ये आधा रहेको छ । शुक्रबार यहाँ पाँच हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना संक्रमण देखिएको हो ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै मोरङमा ६४६, सुनसरी ३३२, झापामा २७५, रुपन्देहीमा २७२ र कास्कीमा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनमा १९५, कैलालीमा १६५, मकवानपुरमा ११५, बाँकेमा ८७, नवलपरासीमा पुर्वमा ८६, काभ्रेपलाञ्चोक र बागलुङमा ७७/७७ जना, धनुषामा ६४, कञ्‍चनपुरमा ५५ र सिरहामा ५० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पर्सा र दाङमा ४८/४८ जना, तनहुँमा ४२, सर्लाहीमा ३३, धादिङ र पाल्पामा ३०/३० जना, गोरखामा २८, सप्तरीमा २७, नवलपरासी पश्चिममा २५, महोत्तरीमा २४ तथा रौतहट, म्‍याग्दी र स्याङजामा २०/२० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.