गठबन्धन सरकारको ६ महिनाको उपलब्धिका ७४ बुँदा (पूर्णपाठसहित)
गठबन्धन सरकारले ६ महिना पूरा गरेका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रबासीका नाममा सम्बोधन गर्दै आफ्नो सरकारका उपलब्धिहरु बुँदागत रुपमा सार्वजनिक गर्नुभयो ।

सम्बोधनका क्रममा उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको, १७७ किमि सडक कालोपत्र गरिएका लगायतका विषय समेटिएका छन् ।
प्रधानमन्त्री देउवाले यसबीचमा ८२ वटा झोलुंगे पुल र १७७ किलोमिटर सडक कालेपत्र गर्न सफल भएको बताउँदै एक वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौंमा ल्याइने, जीटुजीको माध्यमबाट रासायनिक मल खरिद गरिने, धान र उखुको न्यूनतम समर्थन मूल्य तोकेकोलगायत विषयहरू उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो।
त्यसै गरी प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारी नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउँदै सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने अभियान जारी रहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले विगतमा चैत मसान्तसम्ममा सबै नागरिकमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइने गरिएको प्रतिबद्धता अनुरुप सो अभियान अघि बढेको र खोप अभियानका लागि संघ, प्रदेश र केन्द्रलगायत तीनै तहका सरकारले प्रभावकारी समन्वय गरिरहेको बताउनुभयो ।
यो अवधिमा सरकारले विपद्मा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपूर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य अघि बढेको बताउनुभयो । सम्बोधनमा उहाँले कृषकलाई मल एवम् बीउको कमी हुन नदिन हरसम्भव प्रयत्न गरिएको बताउनुभयो ।
कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि साधन तथा श्रोतको अभाव हुन नदिन सबैखाले संयन्त्रलाई चुस्तदुरुस्त बनाइएको उहाँले बताउनुभयो । जनस्वास्थ्यको मापदण्ड पालना गर्दै सामाजिक क्रियाकलाप एवम् नियमित कार्य सुचारु गरिएको उहाँको भनाइ छ।
प्रधनमन्त्री देउवाले अहिलेको अवस्थामा अग्रभागमा रहेकालाई बुष्टर डोज उपलब्ध गराइएकोमा आगामी दिनमा बालबालिका, वृद्धवृद्धा एवम् सबैमा यो खोपको उपलब्धता गराइने बताउनुभयो ।
यसै गरी प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीन वटै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै उनले पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गर्नुभएको छ । संसदमा जारी रहेको अवरोधतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।
त्यस्तै संविधान कार्यान्वयन, विस्तृत सम्झौताको बाँकी कार्य पूरा गर्ने र नागरिकताको समस्यालाई सरकारले उच्च प्राथमिकता राखेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संसदमा विचाराधीन सबै विषयमा सबै दलसँगको संवाद गरेर निष्कर्षमा पुगिने बताउनुभएको छ ।
हेर्नुहोस् प्रधानमन्त्री देउवाको सम्बोधनको पूर्णपाठ
Adress-by-RH-PM-to-Nation-review
प्रतिक्रिया राख्नुहोस्