राजनीति
माओवादी केन्द्र तीनवटै तहको निर्वाचन एकपटक गर्ने पक्षमा
गठबन्धन सत्ता साझेदार प्रमुख दल नेकपा माओवादी केन्द्र स्थानीय, तह, प्रदेशसभा र संघीय संसदका निर्वाचन एकैपटक गर्ने विषयमा पार्टीभित्र छलफलमा जुटेको छ ।

शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पूर्व स्थायी समिति र आयोगका अध्यक्षहरु बसेको बैठकमा सो विषयमा छलफल भएको हो ।
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार आजको बैठकमा स्थानीय, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्ने सम्बन्धमा छलफल भएको छ ।
ढकालका अनुसार यो बैठक अनौपचारिक भएकाले पार्टी अध्यक्ष प्रचण्डले आगामी चुनावहरुबारे धारणा व्यक्त गर्नुभयो । यससँगै प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डले निर्वाचन आयोगसँग छलफल गर्ने विषयमा छलफल भएको छ ।
प्रतिक्रिया राख्नुहोस्