खेलफूटबल

म्यानचेस्टर युनाईटेडमाथि आर्सनलको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेमाथि आर्सनलले जित हात पारेको छ । आइतबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाईटेडमाथि ३-२ को जित निकालेको हो ।

म्यानचेस्टर युनाईटेडमाथि आर्सनलको जित

आर्सनलाई जित दिलाउन एड्डी एनकेटीहले दुई गोल गरे भने बुकायो साकाले एक गोल गरे । यता म्यानचेस्टर युनाईटेडका लागि मार्कस राषफोर्ड र लिसान्द्रो मार्टिनेजले समान १-१ गोल गरे । इमिरेट्स स्टेडियममा भएको खेलमा खेलको १७ औं मिनेटमा राषफोर्डले गोल गर्दै म्यानचेस्टर युनाईटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको २४ औं मिनेटमा आर्सनलका एनकेटीहले गोल गर्दै खेललाई १-१ बराबरीमा ल्याए ।

यस्तै खेलको ५३ औं मिनेटमा बुकायो साकाको गोल मार्फत आर्सनल २-१ ले अघि रह्यो । तर, खेलको ५९ औं मिनेटमा म्यानचेस्टर युनाईटेडका मार्टिनेजले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा दोस्रो हाफको इन्जुरी समयमा एनकेटीहले गोल गर्दै आर्सनललाई ३-२ को जित दिलाए । जितसँगै आर्सनल १९ खेलमा ५० अंक जोड्दै शीर्ष स्थानमा यथावत् छ भने २० खेलमा ३९ अंक जोडेको म्यानचेस्टर युनाईटेड चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.