जापान

वाग्लुङ समाज जापानमा नयाँ नेतृत्व

जापानमा विभिन्न पेशा व्यवसाय तथा अध्ययनमा सक्रिय बाग्लुङबासीहरुको साझा संस्था ‘वाग्लुङ समाज जापान’मा नयाँ नेतृत्व स्थापित भएको छ ।

हालै सम्पन्न समाजको चौथो अधिवेशनले यामकान्त कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेक हो । समाजको उपाध्यक्षमा गुरुप्रसाद सापकोटा, शोभा केसी गीता, विष्णु सापकोटा र प्रकाश केसीलाई चयन गरिएको छ ।

यसै गरी अधिवेशनले सविन आचार्य महासचिव, भूपेन्द्र सापकोटा सचिव, वसन्त आचार्य कोषाध्यक्ष तथा विना खड्कालाई सहकोषाध्यक्षमा चयन गरेको छ ।

सदस्यहरुमा खगराज ढकाल, विनम्र खत्री, अनिलकुमार निर्दोश, टिएन घिमिरे, दीपकक कँडेल सफल, प्रकाशक आचार्य, पवन केसी र कृष्णपसाद कँडेललाई चयन गरिएको छ ।

दीपक सुवेदीको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिले नयाँ नेतृत्व चयन गरेको हो । निर्वाचन समितिमा नरबहादु थापा, दण्डपानी कँडेल, डिबी, रामकृष्ण वम मल्ल र पूर्व अध्यक्षद्वय राजवीन थापा र सिद्वार्थ श्रेष्ठ सदस्य रहनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.