राजनीति

कांग्रेस सभापति देउवालाई प्रमुख विपक्षी दलको नेताको सुविधा

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सरकारपक्ष बनेको भए पनि आफूलाई प्रमुख प्रतिपक्षी दल भन्दै आएको नेपाली कांग्रेलाई संघीय संसद सचिवालयले प्रमुख विपक्षी दलको सुविधा दिएको छ ।

सोमबार सचिवालयका उपसचिव रामहरि थापाले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखेर सो कुरा जानकारी गराइएको छ ।

पत्रमा भनिएको छ, “प्रतिनिधिसभामा विपक्षी दलको नेता माननीय शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।”

संघीय संसद सचिवालयले यसअघि पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको हैसियतमा प्राप्त गर्ने सुविधा माग गरेको आधारमा यो पत्र लेखिएको जनाएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.