विश्व समाचार

अफगानिस्तानमा भएको रुसी जेट दुर्घटनामा बाँचेकालाई काबुल लगियो

उत्तरी अफगानिस्तानको बदख्शान प्रान्तमा शनिबार दुर्घटनाग्रस्त भएको एक रुसी यात्रुवाहक विमानमा जीवित रहेका चार जनालाई राजधानी काबुल लगिएको अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार बताउनुभएको छ ।

सबै घाइतेले प्राथमिक उपचार पाएको र उनीहरूको अवस्था स्थिर रहेको मुजाहिदले सामाजिक सञ्जाल एक्समा भन्नुभयो ।

चार चालक दल र दुई यात्रुसहित छ जना सवार रुसी यात्रुवाहक विमान शनिबार अफगानिस्तानको हवाई क्षेत्रमा बेपत्ता भएको र दुर्घटनाग्रस्त विमान आइतबार बदख्शानको कोफ अब जिल्लामा फेला परेको बताइएको छ ।

अफगान प्रशासनको उद्धार टोलीले आइतबार पाइलटसहित घाइते चारजनालाई फेला पारेको थियो । यसैबिच एक अधिकारीले आइतबार साँझ दुर्घटनाग्रस्त विमान र चार घाइते भेटिएको र बाँकीको हवाई दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.