विश्व समाचार

३५ प्रतिशत विदेशी विद्यार्थी कटौती गर्ने क्यानडाको घोषणा

पछिल्लो समय नेपाली विद्यार्थीहरुले वैदेशिक अध्ययनका लागि अत्यधिक रुचाएको क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा ३५ प्रतिशत कटौती गर्ने घोषणा गरेको छ ।

क्यानडाका सञ्चार माध्यमहरूका अनुसार नयाँ घोषणापछि लगभग ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू मात्र अध्ययनको लागि क्यानडा प्रवेश गर्न पाउनेछन् ।

यो संख्या सन् २०२३ को तुलनामा ३५ प्रतिशतले कमी हो । सन् २०२५ को लागि यो संख्या सन् २०२४ को स्थिति मूल्याङ्कन पछी तय गरिनेछ ।

कटौतीको यो प्रतिशत अन्टारियो लगायतका केही प्रान्तहरूमा ५० प्रतिशतभन्दा बढी हुनेछ । सन् २०२२ अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये आधाभन्दा बढी अन्टारियोमा थिए ।

क्यानडामा सन् २०२२ मा ८ लाख अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएका थिए । यो संख्या २०२३ को अन्त्यसम्ममा ९ लाख पुगेको छ । क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरका अनुसार यो संख्या एक दशक अघिको तुलनामा तीन गुणा बढी हो ।

संघीय सरकारको मन्त्रिपरिषद्को सोमबारदेखि मन्ट्रियलमा सुरु बैठकले यससम्बन्धी विभिन्न नीतिहरू बारे निर्णय गरे मन्त्री मार्क मिलरले सोमबार एक कार्यक्रममा जानकारी दिनुभएको हो ।

यो बदलावले नेपाली विद्यार्थी समेत प्रभावित हुनेछन् । पुरानो संख्याको तुलनामा यो अत्यधिक कम होइन । यसबाट केवल स्नातक तहमा अध्ययन गर्न क्यानडा जान चाहने केही विद्यार्थी प्रभावित हुनेछ ।

क्यानडा सरकारले तोकेको नयाँ संख्या सीमाको कारण नेपालबाट १२ उत्तीर्ण गरेर उच्च शिक्षाका लागि विदेश जान चाहनेहरु भने प्रभावत हुनेछन् । स्नातक उत्तीर्ण गरेकाहरुलाई यो नियम लागू हुँदैन ।

नेपालबाट क्यानडा अध्ययन गर्न चाहने विद्यार्थीले कम्तिमा स्नातक तहको अध्ययन सकेर क्यानडाको लागि अप्लाई गर्न जानकारहरू सुझाउँछन् ।

नयाँ नीतिगत बदलावसँगै अहिले तत्काल प्रक्रियामा रहेका नेपाली विद्यार्थीले भिसा प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउनु राम्रो हुन्छ । किनकि तत्कालका लागि पुरानै नीति अनुरूप निर्णय जानकारहरुले बताएका छन् ।

क्यानडा सरकारको नयाँ नीतिले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई दुर्व्यवहार र भेदभावको शिबार बनाउने भन्दै केही आप्रवासी संगठनहरूले चिन्ता व्यक्त गरेका छन् ।

के छ नयाँ नीतिमा ?

नयाँ नीतिअनुसार स्नातक र कलेज प्रोग्रामहरूमा अध्यनरत विद्यार्थीका डिपेन्डेन्ट (जीवनसाथीहरू) ओपन वर्क पर्मिट अनुमतिको लागि आवेदन दिन योग्य हुने छैनन् ।

अब प्रत्येक प्रान्त र क्षेत्रहरूले दुई वर्षका लागि आईआरसीसीबाट २ वर्षको लागि सीमित संख्या पाउनेछन् । त्यसलाई उनीहरूले स्वीकृति प्राप्त शैक्षिक संस्थाहरूबीच बाँड्नुपर्नेछ ।

२२ जनवरी २०२४ देखि विद्यार्थी भिसाको लागि आईआरसीसीमा आवेदन दिने विद्यार्थीहरूले उनीहरूको योग्यता पुष्टि गर्ने प्रान्त वा क्षेत्रबाट आएको पत्र पनि समावेश गर्नुपर्छ। प्रान्त र क्षेत्रहरूले मार्च ३१, २०२४ सम्ममा विद्यार्थीहरूलाई यस्ता पत्र दिने प्रणाली व्यवस्थित गरिसक्नुपर्छ ।

आईआरसीसीले सन् २०२४ को अन्त्यमा यस नीतिको समीक्षा गरिसक्नेछ र २०२५ मा नयाँ संख्या सीमा निर्धारण गर्नेछ ।

त्यस्तै, सेप्टेम्बर १, २०२४ देखि, पाठ्यक्रम इजाजतपत्र प्रबन्ध अन्तर्गत अध्ययन सुरु गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरू स्नातक तहको अध्ययन सकेपछि स्नातकोत्तर वर्क पर्मिटको लागि योग्य हुनेछैनन् ।

आगामी हप्ताहरूमा, ओपन वर्क पर्मिटहरू स्नातकोत्तर र डक्टरल अध्ययरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको जीवनसाथी (स्पाउस) हरूलाई मात्र उपलब्ध हुनेछ। स्नातक र कलेज कार्यक्रमहरू सहित अध्ययनका अन्य स्तरहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका जीवनसाथीले अब यसका लागि योग्य हुनेछैनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.