उपप्रधानमन्त्री लामिछानेको प्रश्न- हामीलाई होच्याएर तपाईहरुले के पाउनुहुन्छ ?
उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा आफू र आफ्नोा दलप्रति भैरहेको बहस सकारात्मक नभएको भन्दै यसलाई बदल्नु जरुरी रहेको बताउनुभएको छ ।

संसदको हरेक बैठकमा आफूमाथि आक्रमण भएपछि लामिछानेले संसदमा नयाँ राजनीतिक दल नयाँ आशा र उमंग बोकेर आएका आफूहरुका लागि संसदको यो उपस्थिति उत्साहजनक नभएको बताउँदै सो कुरा बताउनुभएको हो ।
गृहमन्त्री लामिछनेले सभामुख र उपसभामुखलाई शुभकामना दिने क्रममा विशेष समय लिंदै उहाँले आफूमाथि उठाइएका प्रश्नहरुको उत्तर दिंदै पुराना राजनीतिक दलहरूले राज्य संयन्त्रलाई थिलोथिलो बनाएको आरोप लगाउँदै कानुन हैन आदेश पालन गर्ने संयन्त्र विकास गरिएको पनि बताउनुभयो ।
उहाँले जनतालाई सुशासनको अनुभूति दिलाउन प्रणालीमा सुधार गर्नुपर्ने बताउँदै आफू गृह मन्त्रालयको प्रणाली सुधारतर्फ केन्द्रित जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी र डिएसपीमा आफ्नो मान्छे सिफारिस गर्ने काम छोडेर प्रणाली सुधारमा सघाउन आग्रह समेत गर्नुभयो ।
मन्त्री लामिछानेले भन्नुभयो, ‘राज्यका सबै मान्छे हाम्रा मान्छे हुन् । राज्यका संरचनामा प्रणालीगत सुधार आवश्यक छ । तपाईंहरू जिल्लामा आफ्ना मान्छे पठाउन सिफारिस गर्न छोड्नुस् । तपाईंहरूले सिफारिस गर्न छोड्नुभयो भने मात्रै पनि हाम्रो आधा काम सहज हुनेछ ।’
उहाँले भन्नुभयो, “कानून पालना गराउनेलाई आदेश पालना गराउने बनाइएको रहेछ, राज्य संयन्त्रलाई थिलोथिलो बनाउने पक्षबाट नै धेरै प्रश्न आउन गरेका छन् । राज्यका संयन्त्र गिँजोलिएका छन् तीनलाई ट्र्याक बाहिर लगिएको छ ।”
उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, “छिट्टै परिणाम देखिनेछ । नेपाली जनताको हितको बहसमा केन्द्रित होस् भन्ने आफूले चाहेको उहाँको भनाइ छ । “संसद्को गरिमा कायम रहने गरी सबैले भूमिका खेल्नुपर्छ ।”
लामिछानेले संसद एक अर्कालाई होच्याउने, गिज्याउने काम संसदमा गर्न नहुने बताउँदै यस्तै ढंगको बहस संसदमा भैरहने हो भने जनताले संसदमाथि विश्वास नगर्ने बताउँदै प्रणालीगत सुधार गर्न आफूले दह्रो खुट्टा टेकेको र सांसदहरुले पनि दह्रो खुट्टा टेक्न सुझाव दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्