जन सरोकार
सुदूरपश्चिममा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
केही समयअघि मात्र शक्तिशाली भूकम्प गएको सुदूरपश्चिममा आज (माघ १० गते) मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका मुकुन्द भट्टराईले दिनुभएको जानकारी अनुसार बाजुरा जिल्लाको मदनामेला केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
भूकम्पको धक्का बैतडी र बाजुरासँगै सुदूरपश्चिम प्रदेशका जिल्लामा महसुस गरिएको छ। क्षतिको विवरण भने आइसकेको छैन।
प्रतिक्रिया राख्नुहोस्